अन्तर्राष्ट्रिय मानव अधिकार परिषदद्वारा १२ जना बाल गंगाधर तिलक पुरस्कारद्वारा सम्मानित

IMG-20220714-WA0165.jpg

गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार परिषद, सिक्किमका सदस्यहरूलाई गत ८ जुलाईको दिन मुम्बईको इस्कोन अडिटोरियममा आयोजित एक कार्यक्रमबीच सम्मान जनाइयो। विभिन्न क्षेत्रमा योगदान पुऱ्याउँदै आएका गान्तोक जिल्लाका कूल १२ जनालाई बाल गंगाधर तिलक पुरस्कारद्वारा सम्मान जनाएको गान्तोक जिल्लाका संयुक्त निर्देशक क्रिश कुमार शाहले बताएका छन्। सो कार्यक्रममा राज्य अध्यक्ष एमबी लिम्बू, महिला शाखाकी अध्यक्ष सुशिला सुब्बा लगायत १२ जनालाई सम्मान जनाइयो। अन्तराष्ट्रीय मानव अधिकार परिषदका अध्यक्ष सनी शाहबाट उनीहरूलाई सम्मान जनाइएको हो। उक्त कार्यक्रममा अन्य तीनवटा देशका मानव अधिकार परिषदका सदस्यहरू पनि सहभागिता जनाएको र उनीहरूलाई पनि सम्मान जनाइएको जानकारी गराए।

यसरी नै राज्यबाट गएका मानव अधिकार परिषदका टोलीले मुम्बईस्थित जुहुबीचको पनि सर सफाई गर्दै त्यहाँ विरूवा रोपेको शाहले थप जानकारी गराए। राज्यका मानव अधिकार परिषदले हालसम्म राज्यको नियम कानूनलाई पालन गर्दै आइरहेको उनले बताए। आफू जन्मेको ठाउँलाई सदैव माया गर्नु पर्ने उनको सोंच रहेको छ। राज्यको शान्ति सृङखला कायम गर्नु नै राज्यका मानिसहरूको धर्म भएको कारण सिक्किम जस्तो शान्ति राज्यमा कसैले पनि हिंसा उत्पन्न गर्न नहुने उनले सुझाउ दिएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement