सोरेङ जिल्लाका जिल्लापालले गरे विभिन्न विभागका अधिकारीहरूसँग बैठक

IMG-20231006-WA0232.jpg

साेरेङ: केही दिनअघि राज्यमा आएको प्राकृतिक प्रकोपपछि आज सोरेङ जिल्लाका जिल्पाल भीम ठटालको अध्यक्षतामा आज सोरेङ जिल्ला अन्तर्गत विभिन्न विभागका प्रमुखहरुलाई लिएर एक आपतकालिन बैठक आयोजना गरे।

बैठकको मुख्य एजेण्डा जिल्लामा अत्यावश्यक वस्तुको अवस्थाको समीक्षा र उपलब्धताको जानकारी लिने रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले सोरेङ जिल्लाका प्रत्येक विभागका प्रमुखलाई निर्देशन दिँदै खाद्य तथा नागरिक आपूर्ति र उपभोक्ता मामिला विभागलाई सबै इन्धन एजेन्सीहरूले अभाव हुन नदिनका इन्धनको सुनिश्चित गर्नुपर्ने आग्रह गरे। साग सब्जी, किराया उपभोग जस्ता खाद्यवस्तुमा उपभोक्तालाई तोकिएको मूल्य भन्दा अधिक नलगिने पनि विभागले सुनिश्चित गर्नुपर्ने निर्देश दिए।

तोकिएका दिनहरूमा हाट बजारहरूमा मूल्यहरू विनियमित गर्नको लागि बजार अधिकारीहरू सहित पुलिस साथै महकुमा अधिकारीहरूले निरीक्षण गर्नु पर्ने उनको सुझाउ रहेको छ। दार्जीलिङ-सिंगला रुटलाई राज्य प्रवेशका लागि वैकल्पिक सडकको रूपमा चिनिने भएकाले रामम्ममा सडक र पुलको अवस्था आवतजावत गर्न सकिने भए पनि सामान्य मर्मतसम्भार गर्नुपर्ने सम्बन्धित विभागले आश्वासन दिएको छ।

एम्बुलेन्स, औषधि सवारी साधनको उपलब्धतालगायत आपतकालिन स्वास्थ्य सामग्रीको उचित भण्डारणको जिम्मा स्वास्थ्य विभागलाई दिइएको छ। जिल्लापालले सबै कर्मचारीबाट एक दिनको तलब वा कुनै नगद चन्दा जस्ता स्वैच्छिक चन्दाहरू जिल्ला राहत कोष खातामार्फत् गर्न सकिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement