खरसाङ: गत ४ अक्टोबरको राती टिस्टा नदीले उग्र रूप लिएकोले प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएकाहरुका लागि खरसाङको बौध्द गोम्पामा म्हाणे मोलम गरिएको छ। प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूका आत्मा शान्तिको लागि साथै सांगेको सिङखाममा बास रहुन भन्ने हेतुले लोपेन फुर्बा छिरिङ घिसिङको अगुवाईमा खरसाङको मन्टिभियट रोडमा रहेको महायाना बौध्द संघ टाँसी साम्तेलिन गोम्पामा सम्पूर्ण म्हाणीपा आनीहरूद्वारा एक साथ १०८ छिमी (बत्ती) बालेर म्हाणी मोलम पाठ गरिएको छ।

यसक साथै मृतकहरूको पीढीत परिवारजन सबैलाई साङ्गेले सहने शक्ति दिऊन् भनी प्रार्थना गरिएको छ भनी म्हाणीपा संघक पक्षबाट संघको सचिव मधु तामाङले जानकारी दिएकी छन्।