प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यानमारा प्रहारको धम्की, मुम्बई पुलिस सतर्क

00-1-Rashtriya-Samachar-25-2

मुम्बई: मुम्बई पुलिस कन्ट्रोल रूममा प्रधानमन्त्रीमाथि ज्यानमारा आक्रमण गर्ने सम्बन्धि ई-मेल आएपछि पुलिस सतर्क भएको छ। यस धम्कीपूर्ण ई-मेल गर्ने व्यक्तिविरूद्ध मामिला दर्ता गरी पुलिसले जाँच शुरू गरेको छ।

मुम्बई पुलिस कन्ट्रोल रूममा गए बिहीवार एक धम्कीपूर्ण ई-मेल आएको थियो। उक्त ई-मेलको माध्यमबाट सरकारसित ५०० करोड़ रुपियाँको माग गरिएको छ। यदि यो पैसा दिइएन भने प्रधानमन्त्री र उनको नाममा गुजरातमा स्थापित स्टेडियममा आक्रमण गर्ने धम्की दिइएकोछ। ई-मेलमा भनिएको छ, भारतमा सबै कुरा बिक्री हुन्छ। हामीले पनि केही खरिद गरेका छौं।

मेलमा अझ भनिएको छ, तपाईले जति नै सुरक्षा बढ़ाए पनि हामीबाट बच्न सक्नुहुँदैन। यदि तपाई चर्चालाई जारी राख्न चाहनुहुन्छ भने तपाईलाई यस मेलको उत्तर दिनको लागि आमन्त्रण गरिन्छ। धम्कीपूर्ण ई-मेल आएपछि यसको सूचना सम्बन्धितहरूलाई पठाइएको छ। साथै मुम्बई पुलिस टीमले साइबर पुलिस टीमको सहयोगमा जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement