सेनाध्यक्ष जनरल मनोज पाण्डेले दुई सेनाबीचको मित्रताको बन्धनलाई सुदृढ़ बनाउनेमाथि चर्चा गरे
जाँजीबारका राष्ट्रपतिले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनमा भारतीय सेनाको भूमिकाको प्रशंसा गरे
नयाँ दिल्ली: सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो तीन दिवसीय तञ्जनिया यात्रामा दुई पक्षीय रक्षा सहयोग बढ़ाउने अनि दुवै देशका सेनामाझ मित्रताको बन्धनलाई बलियो बनाउनेमाथि चर्चा गरे। उनले तञ्जानिया पिपुल्स डिफेन्स फोर्सेज (टीपीडीएफ)-लाई ‘मेड इन इण्डिया’ इन्फ्यान्ट्री सिम्युलेटर औ बुलेट प्रुफ ज्याकेट उपहारमा दिए। जाँजीबारका राष्ट्रपति डा. हुसैन अली म्विनीसितको भेटमा सहयोगलाई अझ सुदृढ़ बनाउनको लागि द्विपक्षीय रक्षा गतिविधि औ मार्गहरूमाथि चर्चा भयो।
सेना प्रमुख जनरल मनोज पाण्डे तञ्जानियाको आधिकारिक यात्रामा गत २ अक्टोबरको दिन प्रस्थान भएका थिए। तञ्जानिया पुगेपछि जनरल पाण्डेले दार-ए-सलामको राष्ट्रमण्डल युद्ध स्मारकमा पुष्पाञ्जलि अर्पण गरे। उनले प्रथम विश्वयुद्धमा आफ्नो प्राणको आहुति दिने भारतीय सैनिकहरूलाई श्रद्धाञ्जलि अर्पणसितै आफ्नो यात्रा आरम्भ गरे। जनरल मनोज पाण्डेलाई तञ्जानिया पिपुल्स डिफेन्स फोर्सेजको मुख्यालयमा प्रभावशाली गार्ड अफ अनर दिइयो। यात्राको पहिलो दिन उनले तञ्जानियाका रक्षामन्त्री डा. स्ट्रेगोमेना लरेन्स ट्याक्स अनि टीपीडीएफका प्रमुख जनरल ज्याकब जोन मकुण्डासित भेट गरे।
भारतीय सेनाध्यक्षले तञ्जानियाली सैन्य अधिकारीहरूसित भारतसितको दुई पक्षीय रक्षा सहयोगलाई बढ़ाउने अनि दुवै देशका सेनामाझ मित्रताको बन्धनलाई अझ गाढ़ा बनाउनेमाथि चर्चा गरे। सीओएएसले बैठक अवधि तञ्जानिया पिपुल्स डिफेन्स फोर्सेज टीपीडीएफलाई मेड इन इण्डिया इन्फ्यान्ट्री सिम्युलेटर औ बुलेट प्रुफ ज्याकेट पनि उपहारमा दिए। जनरल मनोज पाण्डेले यात्राको दोस्रो दिन ”वर्तमान सुरक्षा परिदृश्य औ द्विपक्षीय सहयोगको माध्यमबाट संयुक्त प्रयासहरूको आवश्यकता” विषयमा तञ्जानियाको नेशनल डिफेन्स कलेजमा १२औं एनडीसी पाठ्यक्रम एवं संकायलाई सम्बोधन गरे।
जनरल मनोज पाण्डेले जाँजजीबारका राष्ट्रपति डा. हुसैन अली म्विनीसित भेट गरी भारतसितको सहयोगलाई अझ सशक्त बनाउनको लागि दुईपक्षीय रक्षा गतिविधि एवं मार्गहरूमाथि चर्चा गरे। जाँजीबारका राष्ट्रपतिले भारत-तञ्जानिया मैत्री सम्बन्धलाई बढ़ाउनमा भारतीय सेनाको बेजोड़ भूमिका अनि भविष्यमा दुईपक्षीय सम्बन्धलाई दह्रिलो बनाउनका लागि उठाइएका कदमहरूको प्रशंसा गरे। जाँजीबार पुगेपछि जनरल मनोज पाण्डेलाई गार्ड अफ् अनर दिइयो।