नयाँ दिल्ली: भारतको तर्फबाट राजनयिकहरूको संख्यामा कटौती गर्नुपर्ने कड़ा सन्देश प्राप्त भएपछि अब क्यानडाले दिल्लीदेखि बाहिर काम गर्ने अधिकांश आफ्ना राजनयिकहरूलाई कुआलालम्पुर र सिंगापुरमा स्थानान्तरण गरेको छ।
क्यानडाको सीटीवी न्यूजले आफ्नो सूत्र मार्फत उक्त समाचारको पुष्टि गरेको छ। भारतले क्यानडालाई आगामी 10 अक्टोबरसम्ममा आफ्ना राजनयिकहरूको संख्या घटाउने आग्रह गर्दै चेताउनी दिएको थियो कि यसो नगरे उनीहरूको राजनयिक सहुलियत समाप्त गरिनेछ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका थिए,भारतमा क्यानडाका राजनयिकहरूको संख्या क्यानडामा भारतीय राजनयिकहरूको तुलनामा धेरै छ। अर्को कुरा, यी राजनयिकहरूले भारतको आन्तरिक मामिलामा दखल दिरहेका छन्। यस स्थितिमा क्यानडाले आफ्ना राजनयिकहरूको संख्या भारतीय राजयनिकहरूको बराबरमा पुऱ्याउनुपर्छ।
उल्लेखनीय छ कि क्यानडामा खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्याको आरोप त्यहाँका प्रधानमन्त्रीद्वारा भारतमाथि लगाउने प्रयास गरिएको कारणले अहिलेघरि दुई देशमाझको सम्बन्ध सामान्य छैन। भारतले यस आरोपलाई बेअर्थको र कसैद्वारा प्रेरित बताउँदै पूर्णरूपले खारेज गरिदिएको थियो। भारतको स्पष्ट बनाइ छ, यो उसको नीति होइन।