कोलकाताः पश्चिम बंगालको शिक्षक नियुक्ति भ्रष्टाचार सरह नगर पालिकाहरूको नियुक्ति पनि सानो तिनो भ्रष्टाचार होइन। ममता क्याबिनेटमा मन्त्री रथिन घोषसित एक दिनअघि ईडीका अधिकारीहरूले यस मामिलालाई लिएर १९ घण्टासम्म सोधपुछ गरेका छन्। राति १२ बजी पश्च्यात् ईडीका अधिकारीहरू उनको घरबाट बाहिर निस्के।
शुक्रवार ईडीका एक वरिष्ठ अधिकारीले नाम उजागर नगर्ने शर्तमा भने, शिक्षक नियुक्ति सरह नगर पालिकाहरूको नियुक्तिमा पनि व्यापक स्तरमा धनराशि असूलिएको छ। नगर पालिकाहरूमा नियुक्तिको निम्ति विभिन्न पदहरूका लागि रेट चार्ट पनि बनाइएको थाहा लागेको छ। ईडी सूत्रहरू अनुसार, विभिन्न नगर पालिकाहरूमा चारदेख सात लाख रूपियाँको दरले नौकरी बिक्री भयो।
यसमा नगरपालिका कर्मचारी, कार चालक, क्लीनर, नगरपालिका समूह डी जस्ता नौकरीहरूको मूल्य न्यूनतम चार लाख रूपियाँ थियो जबकि ग्रुप सी- का नौकरीहरूको दर न्यूनतम सात लाख रूपियाँ राखिएको थियो। यस मामिलाको जाँचमा अझ् अधिक जानकारी आउनसक्छ।
-हिस