ईडीले पश्चिम बंगालका मन्त्री रथिन घोषसित १९ घण्टासम्म सोधपुछ गऱ्यो

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार केसमा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालका खाद्य मन्त्री रथिन घोषसित मेराथन सोधपुछ गऱ्यो। १९ घण्टाको लगातार सोधपुछपछि ईडीको टीम बिहिवार मध्य रातमा खाद्य मन्त्रीको घरबाट बाहिर निस्क्यो।

ईडीका अधिकारीहरूले बिहिवार बिहान मध्यमग्राम स्थित रथिन घोषको घरमा छापा मारेका थिए। यस बाहेक केन्द्रिय एजेन्सीका अधिकारीहरूले चार नगर पालिकाहरू र अन्य नौ जनाको ठेगानामा छापा मारेका थिए। घोषको भनाई, उनीसित जे सोधियो, उनले सबै बताए। ईडीको कारबाही राजनीतिक बदलाको भावनाले गरिएको हो। यस अवधि उनका समर्थकहरूले ‘भाग ईडी भाग’ को नारा लगाएको बताइएको छ। घोष २००९ देखि २०२० सम्म तृणमूल संचालित मध्यमग्राम नगर पालिकाका अध्यक्ष थिए। २०१४ देखि २०१८ बीच नगर पालिकाहरूमा भर्ती-भ्रष्टाचार भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement