पुलिसले प्रमाण लुकाएर कमदुनी काण्डका दोषीलाई फाँसीबाट बचायो: सुकान्त मजुमदार

2519a784-978d-4900-89cb-767f980e9cb3

उत्तर दिनाजपुर: अनुसन्धान र प्रमाण जुटाउने काम पुलिसको हो, सरकारसँग मिलेर पुलिसले प्रमाण लुकाएर कमदुनी काण्डका दोषीलाई फाँसीबाट बचायो। भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारको भनाई छ। अदालतले आज कामदुनी घटनाका दोषीलाई मृत्युदण्डको सजायँ खारेज गर्दै जन्मकैदको फैसला गरेको छ। बाँकी ४ अभियुक्त निर्दोष घोषित भई रिहा भएका छन्। यस विषयमा राज्यको राजनीतिमा चर्काचर्की भएको छ। अदालतको यो घोषणाबारे शुक्रबार उत्तर दिनाजपुरमा पत्रकारहरूले भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारलाई प्रश्न सोध्दा उनले यो न्यायको नाममा धोका भएको बताए। उनले कामदुनीमा पीडितलाई यातना दिनेलाई अदालतमा प्रमाण नपुगेको भन्दै मृत्युदण्डको सजाय खारेज गरी चार जनालाई निर्दोष घोषणा गरी रिहा गर्नुपर्ने बताए। यसमा उनले पुलिस र तृणमूल कांग्रेस सरकारको मिलेमतो भएको बताए। अभियुक्तमाथि गहिरो अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पुलिसको हो तर पुलिसले जानाजानी यस घटनामा सूचना र प्रमाण लुकायो। अदालतमा प्रमाण नहुँदा आज कामदुनी पीडितले न्याय पाउन सकेनन्। यो न्यायको नाममा धोका हो।

About Author

Advertisement