कृषि एवं बागवानी विभागका मन्त्रीहरूको राष्ट्रिय सम्मेलनमा सिक्किम सरकारको कृषि एवं बागवानी विभाग मन्त्री लोकनाथ शर्मा सहभागी

IMG_20220714_230223.jpg

गान्तोक: आजदेखि बेङलुरुमा शुरू भएको कृषि एवं बागवानी विभागका मन्त्रीहरूको राष्ट्रिय सम्मेलनमा सिक्किम सरकारको कृषि एवं बागवानी विभाग मन्त्री लोकनाथ शर्मा सहभागी बने। मन्त्रीको साथमा कृषि विभागका प्रधान निदेशक तिलक गजमेर पनि सम्मेलनमा सहभागी बनेका छन्।

सम्मेलनको अध्यक्ष केन्द्रिय कृषि मन्त्री नरेन्द्र सिंह तोमरले गरेका थिए। यस अवसरमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई, केन्द्रिय रासायनिक एवं उर्वरक मन्त्री मनसुख मण्डाविया, केन्द्रिय कृषि राज्य मन्त्री कैलाश चौधरी आदि पनि उपस्थित थिए।

केन्द्रिय कृषि मन्त्री तोमरले उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबै राज्यका कृषि एवं बागवानी विभाग मन्त्रीहरूलाई स्वागत जनाए। उनले प्रधानमन्त्रीको मेक इन इण्डिया अभियानलाई सफल तुल्याउन मन्त्रीहरूलाई उत्पादन बढ़ाएर आयात घटाउन आह्वान गरे। नीति निर्धारणमाथि राज्यको जिम्मेवारीमाथि प्रकाश पार्दै उनले डिजिटल कृषि, पीएम फसल बीमा योजना, पीएमकिसान, बागवानी क्षेत्र, कृषि पूर्वाधारको विकास आदिमाथि बल दिए।

कार्यक्रमलाई केन्द्रिय मन्त्री मनडाविया र कर्नाटकका मुख्यमन्त्रीले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement