मुक्तारले आफ्ना तीनजना जना नानीहरूलाई बचाउन सकेनन्

497929bc-3ddf-479d-9ea5-59cb0fffd0c2-1024x575.jpg

सिलगढी: सिक्किममा भएको प्राकृतिक आपदाको दिन एउटा तस्विर सोशल मीडियामा निक्कै भाइरल भएको थियो। एकजना व्यक्ति रुखको टुप्पोमा चढेर रुखलाई अङ्गालो लगाएका थिए भने तलतिरबाट विकराल रूप लिएर टिस्टा नदी बगिरहेको थियो। यस्तो स्थिति देखेर सबैले तिनी स्वस्थ तथा सुरक्षित रहोस् भन्दै प्रार्थना गरिरहेका थिए। सिलगढी निवासी सो व्यक्ति रुखमा चढेर आफ्नो ज्यान जोगाउन सफल भए तापनि तिनको तीनजना जना नानीहरूलाई टिस्टा नदीले बगाएर लगेको बताइएको छ। तिनले नानीहरूलाई बचाउने प्रयास गरे तापनि बचाउन सकेनन्। तिनको छोरालाई मृत अवस्थामा उद्धार गरिएको छ भने दुईजना छोरी हालसम्म निखोज छन्। सिलगढीको ४ नम्बर वार्डको महाराजा कोलनी निवासी मोहम्मद मुक्तारले आफ्नो आँखाअघि नै नानीहरू मरेको देखे।मोहम्मद मुक्तार कामले गर्दा ३ जना नानीलाई लिएर रम्फूमै बस्दै आइरहेका थिए। तिनको स्वास्नी बिहारमै बस्ने गर्छिन्। गत मङ्गलबार राति मोहम्मद र तिनका ३ जना नानी सुतिरहेको समय स्थानीय मानिसहरूको आवाज सुनेपछि उठेर हेर्दा तीव्र वेगको साथमा टिस्टा नदीको पानी बगिरहेको थियो भने दैलो खोल्नसाथ घर पनि पानीमा डुब्यो। यस अवधि ३ जना नानीलाई लिएर त्यहाँबाट बाहिर निस्कने समेत तिनले समय पाएनन्। हेर्दाहेर्दै एकै क्षणमा घर टिस्टा नदीले बगायो। आँखा अघि एउटा छोरा र २ जना छोरी पानीमा डुब्यो भने कुनै प्रकारले तिनी एउटा रुखमा चढेर आफ्नो ज्यान बचाए। यसपछि रातभरिनै पानीझरीमा तिनी रुखलाई अङ्गालो हालेर बसिरहे भने बिहान तिनलाई त्यहाँबाट सकुशल उद्धार गरियो। गत बुधबार अपरान्ह मृतक अवस्थामा तिनको छोरालाई उद्धार गरियो। हिजो बिहिबार सिलगढी आएर तिनले छोराका अन्तिम संस्कार गरे। भयानक रातको विषयमा कुराकानी गर्दा तिनी रूने गर्दछन्। टिस्टाको बाढमा सबै गुमाएपछि हाल तिनी असहाय बनेका छन्। निखोज २ जना छोरीको खोजी गर्न समेत जान सकेका छैनन्। हालसम्म तिनको अनुहारमा त्रासको झलक देखिरहेको छ।

About Author

Advertisement