सिक्किम त्रासदी अपडेटः निखोज बनेका सेनाका जवानहरूको खोजी कार्य जारी

n5443716521696517705095e2d0d77fe08b855f2d7dec73289eff004a04fa43fb10097974eed3c668200dc4.jpg

टिस्टा: पूर्व सिक्किमको सिङताम बजार छेउ बरदाङमा टिस्टा नदीको भेलले बगाएका भारतीय सेनाका जवानहरूको खोजी कार्य आज तेस्रो दिन पनि जारी रहेको छ। गत मंगलवार-बुधवार राति आएको भेलले २३ जना सेनाका जवानलाई बगाएको थियो भने एक सेनाका जवानलाई सकुशल उद्धार गरिएको छ।

भारतीय सेनाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, बेपत्ता बनेका जवानहरूको खोजी कार्य जारी रहेको छ। खोजी अभियानलाई टिस्टा नदीतिर ध्यान केन्द्रित गरेर अगाड़ि बढाइएको छ। खोजी अभियानमा तिरंगा माउण्टेन रेस्क्यू, ट्र्याकर डग, स्पेशल रडार लगाइएको छ।

यस अतिरिक्त, सेनाले उत्तर सिक्किममा फसेका नागरिकहरू र पर्यटकहरूको निम्ति भोजन, स्वास्थ्य चिकित्सा र सञ्चार सुविधा सुनिश्चित गर्ने कार्य गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement