गान्तोक जिल्लाको निम्ति राजधानी र सिङताममा राहत सङ्कलन केन्द्र स्थापित

00-1-Rashtriya-Samachar-25

गान्तोक: गान्तोक जिल्ला प्रशासनले जिल्लाको निम्ति दुईवटा राहत सङ्कलन केन्द्र स्थापना गरेको छ। जिल्ला प्रशासन केन्द्रले आज जारी आफ्नो कार्यालय आदेशमा बताए अनुसार, गान्तोक जिल्लाको निम्ति राजधानीको एमजी मार्गस्थित जिल्ला नियन्त्रण कक्ष र सिङताम नगर पञ्चायत कार्यालयमा राहत सङ्कलन केन्द्र तयार गरेको छ।

इच्छुक संघ-संस्था लगायत व्यक्तिहरूले उक्त दुई राहत सङ्कलन केन्द्रमा राहत सामग्रीहरू जमा गर्न सक्नेछन्। गान्तोकको निम्ति विजयता खरेल, टीओ- लाई ९७३४१५२४३२ मा र सिङतामको निम्ति अरूणा तामाङ, अकाउन्टेन्टलाई ८१६७२७१३३२ मा सम्पर्क गर्न सकिने छ।

यस अतिरिक्त, राहतको रूपमा नगद मुख्यमन्त्री राहत कोषमा जमा गर्न आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement