जलपाइगढी: सिक्किमको बाढीको बीचमा सेनाको क्यान्टोनमेन्टबाट धेरै हतियार र विस्फोटक पदार्थ टिस्टा नदीमा बग्यो। यसैबीच जलपाइगढी जिल्लाको क्रान्ति ब्लकको चापाडांगा क्षेत्रका बासिन्दाले टिस्टा नदीमा दाउरा जम्मा गर्ने क्रममा नदीमा धातुको वस्तु तैरिरहेको देखेर घर लगेर बक्स खोल्दा विस्फोट भएको थियो। यसबाट एकै परिवारका कम्तीमा ६ जना गम्भीर घाइते भएका छन्। परिवारका छ जना घाइतेको जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ। जलपाइगढी जिल्ला तृणमूल कांग्रेस अध्यक्ष महुआ गोप र विधायक डा. प्रदीपकुमार वर्मा जाँचको लागि जलपाइगढी मेडिकल कलेज र अस्पताल पुगे। सिक्किममा आएको बाढीका बेला सैन्य शिविरबाट निस्केको यो मोर्टार सेल हो भन्ने विश्वास गरिन्छ। यस विषयमा पुलिस र प्रशासनले सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

जलपाइगढी मेडिकल कलेजका सहायक अधीक्षक सुसनाथ रोय र रोगी कल्याण संघका अध्यक्ष तथा विधायक डा. प्रदीपकुमार वर्माले घटनामा ६ जना गम्भीर घाइते भएको बताए। जसमध्ये एक जनाको मृत्यु भयो। गम्भीर घाइते तीन जनालाई उत्तर बङ्गाल मेडिकल कलेजमा लगिएको छ।