गुवाहाटी: बिहिवार राति केही बेरसम्म पानी परेपछि गुवाहाटी शहर जलमग्न भएको छ। गुवाहाटी यस प्रकार जलमग्न भएको छ कि आज बिहानैदेखि चारैतिर सड़कमा पानी जमा भयो र त्यसमा सैकड़ौ गाड़ीहरू फंसको देखियो।
यद्यपि, गुवाहाटीका अधिकांश हिस्साहरूमा पानी जमा भएको स्थिति छ। तर राजधानीक तरूण नगर, नवीन नगर, जू रोड, चाँदमारी, नूनमाटी, जीएस रोड, हाथीगाउँ, गणेशगुड़ी, भेटापाड़ा, बेहारबारी आदि क्षेत्रहरूमा स्थिति जटिल बनेको छ। मानिसहरूको घरमा पानी पस्दा समानहरू बर्बाद भइसकेको छ।
चारैतिर अफरता-तफरीको स्थिति छ। असम पुलिस र एसडीआरएफको टीम कुनैपनि आपात स्थितिको सामना गर्न तयार छ।