सिलगढी: शहरलाई डेंगु मुक्त बनाउन शुक्रबार नगर निगमले सम्पूर्ण शहरमा एक सचेतना मार्च निकालेको छ। सिलगढी कञ्चनजङ्घा स्टेडियमको मुख्य गेटबाट शुरु भएको यो र्याली शहरका विभिन्न चोकमा परिक्रमा भएको थियो। डेङ्गुको लामखुट्टे घरको छत र वरपरका विभिन्न ठाउँमा जमेको पानीमा बढ्छ। मनसुनमा पानी जम्मा हुन दिनु हुँदैन। आफ्नो वरपरको सरसफाई पनि राखौं। यस्ता बिषयमा जनचेतना जगाउने यो जागरण पदयात्राले जनचेतना जगाउने बताईएको छ। र्यालीमा सिलगढी नगर निगमका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्तीलगायत सहभागी थिए।