सिङ्ताम: सिक्किमका मुख्यमन्त्री पीएस तामाङ गोलेले आज सिङ्ताममा बाढीबाट भएको विनाशको समीक्षा गरे। मुख्यमन्त्री पीएस तामाङ गोले आज सिङ्ताममा आएको बाढीका कारण भएको जनधनको जानकारी लिएका छन्। सो क्रममा उनले सिङ्तामस्थित नेपाली भवनमा अलपत्र परेका पर्यटक तथा स्थानीयलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए र उनीहरुलाई घरसम्म पुर्याउन सहयोग गर्ने वाचा समेत गरेका थिए।