घण्टे खोल पुलमा भीषण पैह्रो

IMG_20220714_225053.jpg

गान्तोक: पूर्व सिक्किमको खामदोङ जीपीयू अन्तर्गत बेङ खामदोङ वार्डमा पर्ने घण्टे खोल पुलमा भीषण पैह्रो गएको छ। पैह्रोले दुईवटा वाहनलाई क्षति पुऱ्याएको छ। भाग्यवश यस अवधि कसैको ज्यानलाई हानि पुगेन। पैह्रोले सड़क मार्ग पूर्ण रूपमा ध्वस्त भएको छ।

पुलिस अनुसार, पैह्रोले स्थानीय दिल कुमार सुब्बाको चारवटा बाख्रा र तीनवटा कुखुरा मरेको छ। कर्ण राईको नवनिर्मित कटेजसहित एउटा गोरु बगाएको छ। पैह्रोका कारण स्थानीय हर्क बहादुर राई, हर्क बहादुर सिलाल, भरत राई, दिपेन्द्र राई र दलबिर राईको घर जोखिममा परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement