एक दिवसीय विश्वकप २०२३ मा ४० हजार महिलाहरूका लागि नि:शुल्क टिकट

00-Cricket

नयाँ दिल्ली: भारतमा क्रिकेटको क्रेज धेरै नै बढी छ। एक दिवसीय विश्वकप २०२३ हिजोदेखि शुरु भयो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिलो खेल इंग्ल्याण्ड र न्युजिल्यान्डबीच भयो। यी दुई टोली गत सिजनको फाइनलमा भिड्दा इंग्ल्याण्डले जित हात पारेको थियो। विश्वकप २०२३ को पहिलो खेलका लागि महिलालाई नि:शुल्क प्रवेश दिने विशेष व्यवस्था गरियो। एक रिपोर्टका अनुसार अहमदाबादमा करिब ३० हजारदेखि ४० हजार महिलालाई विश्वकपको पहिलो खेल नि:शुल्क देखाउन विशेष व्यवस्था गरियो। रिपोर्टमा थप भनिएको छ कि भाजपाको शहरी वार्ड स्तरीय नेटवर्क महिलाहरूलाई स्टेडियममा ल्याउन व्यस्त छ र स्थानीय नेताहरूले टिकट बाँडिरहेका छन्। यस बाहेक खेल हेर्न आउने महिलाहरु पनि नि:शुल्क गरियो। उनीहरुका लागि चिया र खाजाको कुपनको व्यवस्था गरिएको थियो। भाजपा बोडकदेव क्षेत्रका उपाध्यक्ष ललित वाधवानले भने, ‘अहमदाबादका करिब ३० हजार देखि ४० हजार महिलाले आज स्टेडियममा खेल हेर्नेछन्। हाम्रा स्वयंसेवकहरूलाई नाम पठाउन भनिएको छ र उनीहरूलाई आज टिकटहरू हस्तान्तरण गरियो। माथिबाट टिकट आएको हो। यी महिलाहरु आफै रंगशाला पुगेर चिया र खानाको कुपन लिनेछन्l’

भारतले १९८३ मा कपिल देवको कप्तानीमा र २०११ मा महेन्द्र सिंह धोनीको कप्तानीमा विश्वकप ट्रफी जितेको थियो। यसपटकको विश्वकप भारतको भूमिमा हुँदैछ। जसका कारण टिम इन्डिया ट्रफी जित्ने प्रबल दावेदार हो। भारतले भर्खरै रोहित शर्माको कप्तानीमा एसिया कपको उपाधि जितेको छ। भारतसँग केही बलमा नै खेलको दिशा बदल्न सक्ने स्टार खेलाडीहरूको फौज छ। भारत र पाकिस्तानबीचको महान खेल १४ अक्टोबरमा अहमदाबादको मैदानमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement