गान्तोक: नाम्ची जिल्ला प्रमुख चिकित्सा अधिकारी डा. एसएन अधिकारी र जिल्ला स्वास्थ्य शिक्षा अधिकारी रोशनी थापाले आज नाम्ची जिल्लामा रहेका विभिन्न अस्थायी राहत शिविरको भ्रमण गरे। हाल ४९५ जना तैनाथ रहेको नाम्फिङ प्रणामी मन्दिर शिविरमा अधिकारी तथा कर्मचारीहरुसँग पुगेर महामती प्राणनाथ सत्संग भवन राहत शिविरको पनि भ्रमण गरे। जहाँ करिब ४४ जनालाई बस्ने व्यवस्था गरिएको छ। त्यसपछि टोली रेकेप प्राइमरी स्कूल गयो जसमा करिब २५ जनालाई राखिएको छ। आपदापछि सीएमओको नेतृत्वमा रहेको टोलीले राहत शिविरमा राखिएका व्यक्तिहरूसंग बातचित गरे। उनले शिविरमा घाउको उपचारको क्रममा अप्नाउनु पर्ने उपाय र अन्य सरुवा रोगलाई नियन्त्रण गर्ने उपायका बारेमा जानकारी दिनुका साथै गर्भवती महिला लगायत पीडितलाई परामर्श पनि दिए। सरुवा रोग रोकथाम तथा नियन्त्रण, सुरक्षित पिउने पानी, सरसफाइका उपाय र नियन्त्रण सम्बन्धी स्वास्थ्य सल्लाहहरू पनि साझा गरिएको थियो।

भ्रमणको क्रममा एक जना डेंगु पोजेटिभ र घुँडा भाँचिएका एक जनालाई तत्कालै नाम्ची जिल्ला अस्पतालमा रेफर गरिएको थियो। अहिले अस्थायी राहत शिविरमा बसिरहेका मानिसहरूलाई चिकित्सा सहायता प्रदान गर्दै चिकित्सा टोलीले सबै प्रकारको सहयोग गरिरहेको उल्लेख छ। सीएमओको साथमा विभिन्न शिविरका तैनाथ चिकित्सा अधिकारीहरू, मोबाइल वाहन क्लिनिकको टोली र सम्बन्धित क्षेत्रका आशा कार्यकर्ताहरू थिए।