मंगन: मंगन जिल्लाको लाचेन थाना क्षेत्र अन्तर्गत केराङमा तैनात असम रेजिमेन्टका एक जवानको पेट्रोलिङको क्रममा चिप्लिएर लड़ेपछि तल झरेर मृत्यु भएको छ। उक्त मृतक जवानको नाम एच. लालनुन्राहारा(३२) र मिजोरमको चानमारी वेस्ट निवासी रहेको बताइएको छ।
पुलिस अनुसार, असम रेजिमेन्टका लालनुन्राहारा मृत्यलाई लिएर बुधवार प्राथमिकी दर्ता गरियो। असम रेजिमेन्टका अधिकारीले जानकारी गराए अनुसार, केराङमा पेट्रोलिङको क्रममा उनी चिप्लिएर लड़ेपछि तल झरे। उनलाई तत्काल एमआई रूममा लगियो। त्यसपछि उनलाई एडीएस, थाङ्गु रेफर गरियो, तर बाटोमै उनको मृत्यु भयो। जवानको पार्थिव शरीर गान्तोकस्थित एसटीएनएम अस्पतालमा पोस्टमार्टमको निम्ति पठाइएको छ।