काठमाडौं: कुवेतले अक्टुबर अन्तिममा हुने टी–२० विश्वकप क्रिकेटको एसियाली छनोट खेल्ने भएको छ। उपक्षेत्रीय एसिया छनोटको खेलमा आज बिहीबार साउदी अरेवियालाई ४ विकेटले हराउँदै कुवेतले नेपालको टिकट पक्का गरेको हो। जितका लागि पाएको १७४ रनको लक्ष्य कुवेतले ६ विकेट गुमाएर खेल सकिन १० बल बाँकी भेट्टायो। बहराइन, हङकङ र यूएई रहेको समूह बीमा परेको कुवेतले पहिलो खेल ३० अक्टुबरमा हङकङसँग खेल्ने छ। अर्को समूहमा भने आयोजक नेपालसहित ओमान, मलेसिया र सिंगापुर छन्। हरेक समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल खेल्ने २ टिमले आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउने छन्।