हाङ्जाउ: भारतका शीर्ष एकल खेलाडी एचएस प्रणयले बिहीबार मलेसियाका ली जि जियालाई तीन खेलको रोमाञ्चक क्वाटरफाइनलमा पराजित गरेका छन्। योसँगै उनले ४१ वर्षपछि भारतका लागि ब्याडमिन्टन पुरुष एकल पदक सुनिश्चित गरे। तर महिला एकलमा पीभी सिन्धुले हार बेहोरेकी थिइन्। ढाडको चोटका कारण ब्यान्डेज (टेप) लगाएर खेलिरहेका विश्व नम्बर सातमा रहेका प्रणयले ७८ मिनेटसम्म चलेको क्वार्टरफाइनल खेलमा विश्व नम्बर १६ जियालाई २१-१६ २१-२३ २२-२० ले हराए। यसले जारी खेलहरूमा ब्याडमिन्टनमा भारतको दोस्रो पदक पनि सुनिश्चित गर्यो। गत आइतबार पुरुष टिम च्याम्पियनसिपमा भारतले रजत पदक जितेको थियो। खेलपछि प्रणयले भने, ‘मलाई लाग्छ खेल निकै कठिन थियो। ली सधैं कडा प्रतिद्वन्द्वी भएको छ। आजको खेल मेरा लागि निकै थकाइलाग्दो थियोl’ उनले भने, ‘म ८० प्रतिशत ठिक छु भनी भन्न सक्ने स्थितिमा छैन। तर मलाई लाग्छ कि म आफैलाई यस्तो केहि गर्नको लागि धेरै श्रेय दिन्छु। मलाई लाग्छ लड्ने इच्छा सधैं त्यहाँ थियो र यो चुक्योl’