यो प्राकृतिक आपदाको परिस्थितिमा सबै मिलेर काम गर्नुपर्छ: राजु विष्ट
टिस्टा: टिस्टा नदीले गरेको व्यापक क्षय क्षतिको निरीक्षण गर्नलाई दार्जिलिङका भाजपा सासंद राजु विष्ट टिस्टा क्षेत्रमा निरीक्षण गर्न पुगेका छन्। सिलगढीदेखि कालेबुङ र सिक्किमको बाटो बन्द भएकोले सासंद राजु विष्ट डुवर्स भएर कालेबुङ हुँदै ५ घण्टा लगाएर रिलिफहरू लिएर टिस्टा आई पुगेका थिए। उनले टिस्टा क्षेत्रमा निरीक्षण गर्दै सांसद भएको नाताले आफ्नो क्षेत्रको जनताको लागि केन्द्र सरकारबाट हुन सक्ने सबै कुराहरू गर्ने बताएका छन्। सांसद विष्टले बाढी प्रभावितहरू बसेका रिलिफ क्याम्पहरू पनि निरीक्षण गरेका छन्। यसावधि सांसदसित दार्जिलिङका विधायक निरज जिम्बा लगायत भाजपा नेताहरू उपस्थित थिए।

टिस्टा नदीले पुराएको क्षतिले टिस्टा क्षेत्रमा ५० घरहरू टिस्टा नदीले बगाएको र यहाँ ३०० भन्दा बेसी मानिसहरू रिलिफ क्याम्पमा रहेको र बंगाल अधीनस्थ मल्लीमा १५० जना जति र रम्फुमा ८०० जना जति मानिसहरू रिलिफ क्याम्पमा रहेको सांसद राजु विष्टले जानकारी गराएका छन्। उनले यस्तो प्राकृतिक आपदाको परिस्थितिमा राज्य र केन्द्रले आफ्नो आफ्नो पक्षबाट कार्य गरिरहेका छन् साथै एनडीआरएफको दुई टोली तैनाथ रहेको पनि बताएका छन्। उनले य अापदाको बेला सबै मिलेर काम गर्नुपर्छ अनि समस्याको समाधान गरिनुपर्छ भनी बताएका छन्। सांसद राजु विष्टले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘एनडीआरएफबाट प्राप्त सूचना अनुसार अाज 10 भन्दा बेसीको मृत देह उध्दार गरिएको छ। यस्तो परिस्थितिमा म जनताको साथमा छु।

एनएच १० पूर्ण रूपमा चुड़िएको छ र यसको लागि भारत सरकारसित कुरा गरेर यसको रख रखाऊको लागि बीआरओलाई कि एनएचलाई दिनुपर्छ भनी मांग गर्नेछु।’