सिञ्चेल रेञ्जमा वन्य प्राणी सप्ताह अन्तर्गत सर सफाई

IMG-20231005-WA0201.jpg

सोनादा: सिञ्चेल पूर्व रेञ्ज क्षेत्रमा आज वन्य प्राणी सप्ताह पालन गरिएको छ। यसपाली गाँधी जयन्तीको अवसर पारेर देशभि नै १ अक्टोबरदेखि ६ अक्टोबरसम्म वन्य प्राणी सप्ताह पालन गरिन्दैछ। यसै कुरालाई ध्यानमा राखेर सिँञ्चेल पूर्व रेञ्जमा आज वन्य प्राणी सप्ताह पालन गरिएको छ। यस अन्तर्गत ३-४ वटा कार्यक्रमहरूमा एउटा स्कूलहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता दबाई पानीमा भएको र अर्को प्लास्टिकमुक्त सिँञ्चेल अभियान अन्तर्गत ५ माइलदेखि ६ माइलसम्म एक माइल बाटो सर सफाई गरिएको छ। यस विषयमा सिँञ्चेल पूर्व रेञ्जको अफिसर उत्तम प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्। उनले प्लास्टिकमुक्त सिँञ्चेलको कार्यक्रम अनुसार सिञ्चेल पूर्व रेञ्ज अन्तर्गत पाँच माइलदेखि छ माइलसम्म सर सफाई गरिएको बताए।

उनले यो अभियान पहिलेदेखि नै शुरु गरिए पनि यसपाली गाँधी जयन्तीको अवसर पारेर गरिएको वन्य प्राणी सप्ताहमा स्कूलहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता साथै सर सफाई गरिएको बताएका छन्। उनले यस रोडमा कुद्ने सबै गाड़ीका चालकहरू र प्यासेञ्जरहरूलाई अनुरोध गर्दै कसैले पनि प्लास्टिकको कुराहरू रोड नफ्याँकिदिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement