कोलकाता: क्रिकेटको क्रेज आजबाट देश भरि फैलिरहेको बेला, एयरटेलले आफ्ना ग्राहकहरूका लागि व्यापक लाभहरू सहित विशेष क्रिकेट योजनाहरू घोषणा गरेको प्रेस विज्ञप्तिमा बताएको छ। एयरटेलले सबै प्रिपेड ग्राहकहरूका लागि एक विशेष डेटा प्याक ल्याएको छ, ताकि ग्राहकहरू जडान रहन र म्याचहरू स्ट्रिमिङ गर्दा तिनीहरूको डेटा समाप्त नहोस् भन्ने रहेको विज्ञप्तिमा बताएको छ।
• अब रु ९९ मा २ दिनको लागि असीमित डेटा।
• ६ जीबी डाटा १ दिनको लागि ४९ रुपियाँ उपलब्ध हुनेl
प्रेस विज्ञप्तिमा बताएअनुसार, ‘एयरटेलले स्टारसँग डीटीएच विशेष रिचार्ज अफरहरूका लागि सहकार्य गरिरहेको छ। कम्पनीले ग्राहकहरूलाई स्टार स्पोर्ट्स पोर्टफोलियोबाट च्यानलहरू थप्न सजिलो बनाएको छ। एयरटेल एक्स्ट्रिम बक्समा ग्राहकहरूलाई उनीहरूको मनपर्ने भाषामा क्रिकेट म्याचको प्रसारण तुरुन्त पहुँच गर्नको लागि द्रुत पहुँच प्रोमो-रेल चलाइएको छl’
सामाजिक अभियान: क्रिकेटको क्रेज बढाउन, एयरटेलले सामाजिक संजाल अभियान शुरु गर्दैछ र सबै क्रिकेट फ्यानहरूका लागि विभिन्न प्लेटफर्महरू सक्रिय गरिरहेको विज्ञप्तिमा बताएको छ। प्रेस विज्ञप्तिमा यसरी उल्लेख गरिएको छ, ‘ओपनसिग्नलको रिपोर्टअनुसार, भारती एयरटेल प्रयोगकर्ताहरूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी विश्वकप २०२३ स्टेडियमहरूमा उत्कृष्ट नेटवर्क अनुभव र सबैभन्दा छिटो अपलोड गतिको आनन्द लिन्छन्। ५ अक्टोबर २०२३ मा शुरु हुने आईसीसी विश्वकप अघि, ओपनसिग्नलले भारतीय मोबाइल अपरेटरहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सबै स्टेडियमहरूमा मोबाइल नेटवर्कको अनुभव नाप्यो।