कालचिनीः एसएसबी ५३औं बाहिनी फालकाटा सिमलाबारी मुख्यालयको कमाण्डेन्ट विजय सिंहको निर्देशनमा औ हर्ष सिन्हा डेपुटी कमाण्डेन्टको उपस्थितिमा भारत भोटाङ सीमान्त गाउँ लंकापाड़ामा सिभिक एक्सन प्रोग्राम अन्तर्गत सामुदायिक कल्याण कार्यक्रम आयोजना गरियो जसमा लंकापाड़ा क्षेत्रका १५ गरिब तथा विपन्न गाउँलेलाई स्व. -रोजगारीको अवसर प्रदान गर्नलाई स्वदेशी प्रजातिका ५३७ वटा कुखुरा वितरण गरिएको थियो। लंकापाड़ा एलबी लाईन फुटबल मैदानमा गरिएको उक्त कार्यक्रममा एसएसबी ५३ वाहिनीका उप कमाण्डेन्ट हर्ष सिन्हाको बाहुलीबाट लङ्कापाड़ा क्षेत्रका गाउँलेहरूलाई स्वरोजगारी प्रवर्द्धन गर्नका लागि चल्ला वितरणसँगै लागुऔषधी मुक्त भारत अभियान, छोरी बचाऔँ छोरी पढाऔँ, सेना र अर्धसैनिक बलमा भर्ती प्रक्रिया आदि बारे विस्तृत जानकारी दिइएको थियो। स्मरण गराईन्छ, २०२३-२४ मा एसएसबीले सीमावर्ती क्षेत्रमा चल्ला र बाख्रा वितरण, लागुऔषध मुक्त अभियान सम्बन्धी चेतनामुलक कार्यक्रम, सीमा क्षेत्रका युवाका लागि भलिबल मैदान तयार गर्ने जस्ता धेरै किसिमका कार्यक्रम आयोजना गर्ने बटालियनले जनाएको छ भने यससितै भेटेरिनरी र चिकित्सा शिविरको आयोजना गरिने जनाएका छन्। यस अवसरमा एसएसबी इन्स्पेक्टर गोपाल सरकार, स्थानीय पञ्चायत सदस्य सोनम गुरुङ, एवम् अन्यान्य गणमान्य व्यक्तिहरू लगायत ठूलो संख्यामा गाउँलेहरू र अन्य एसएसबी जवानहरुको उपस्थिती रहेको थियो।