जलपाइगढ़ीः टिस्टा नदीबाट अज्ञात तीन शव जफत

IMG-20230528-WA0320-5-300x172-2

जलपाइगढ़ीः जिल्लाको मयनागढ़ी थाना अन्तर्गत दक्षिण धर्मपुरमा टिस्टा नदीबाट तीन शव जफत गरिएको छ। अहिलेपनि धेरै शवहरू त्यहाँ फंसेको आशंका व्यक्त गरिएको छ। सबै शव सिक्किममा आएको बाढ़मा हराएका मानिसहरूको बताइँदैछ। यद्यपि, अहिलेसम्म शवहरूको पहिचान हुनसकेको छैन। दक्षिण धरमपुर क्षेत्रमा टिस्टा नदीको स्थिति यस्तो छ कि त्यहाँ नदीमा स्पीड बोट चलाउनु सम्भव छैन। जसले गर्दा नदीमा डुंगा

झारेर शवहरूलाई नदी छेउ राखिँदैछ। पुलिस र सीमा सुरक्षा बल (बीएसएफ) का जवान घटनास्थलमा छन्। उल्लेख्य, मगंलवार राति उत्तर सिक्किममा बादल फाटेपछि बाढ़ आयो। जसले गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ र १०० भन्दा धेरै हराएका छन्। सिक्किममा कम्तीमा १४ पुल बगेका छन् र ३००० भन्दा धेरै पर्यटक फंसेका छन्। बंगाल र सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग-१० पूर्ण रूपमा ध्वस्त भएको छ। प्राकृतिक आपदापछि टिस्टा नदी वरिपरिका क्षेत्रबाट धेरैलाई सुरक्षित बाहिर निकाल्ने काम चलिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement