१४ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा ब्रदर्स इलेभेन कालचिनीले क्वार्टर फाइनलमा स्थान बनायो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार भएको पूल बी-को म्याचमा ब्रदर्स इलेभेनले एस.एस. इलेभेन बन्दापानीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमका बादल एक्कालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट कोषाध्यक्ष देवराज छेत्रीले बताएका छन्।