खरसाङ: ४ अक्टोबर २०२३-को राती टिस्टा नदीको अकल्पनीय ताण्डव अनि रौद्र रूपले जुन क्षति पुरयाएको छ त्यसलाई सहज प्रकारले आकलन गर्नु गलत हुन्छ। यसको आकलन आभ्यन्तर अध्ययन गरेर व्यवहारिक रूपमा गरिनुपर्छ अनि मात्र पीडित परिवारहरूलाई सहायता सहि रूपमा पुरयाउन सकिन्छ। क्षतिको आकलन गर्दा सर्व पक्षमा गरिएको हुनुपर्छ भनी खरसाङका विधायक बीपी बजगाईंले बताएका छन्। यसको निम्ति उनले आज बंगालको विपक्षी विधायक दलको मुख्य सचेतक मनोज तिग्गा अनि कालचिनीका विधायक विशाल लामासँग गएर विधानसभाको स्पीकरसँग भेट गरेता छन्। यसावधि उनले कालेबुङ, खरसाङ लगायत डाबग्राम-फुलबारी विधानसभा क्षेत्रहरूमा टिस्टा नदीले पुरयाएको क्षतिको आकलन गरेर जनतालाई सहयोग पुरयाउन विधानसभाको डिजास्टर म्यानेजमेन्ट कमिटीलाई आफ्नो क्षेत्रको भ्रमणमा पठाउन आग्रह गर्दै पत्र दिएका छन्। यस विषयमा खरसाङका विधायक बजगाईंले भने, मैले यस कमिटीमा यस क्षेत्रका विधायकहरूलाई पनि सामेल गराएर मात्र काम गर्ने आग्रह गरेको छु। उहाँले सकारात्मक जवाब दिनुभएको छ।’
विधायक बजगाईंले आफु पर्सि बिहानदेखि स्वयम् प्रभावित क्षेत्रको भ्रमणमा पुनः रहने पनि जानकारी गराएका छन्।