जादवपुरको घटनामा एन्टी ऱ्यागिङ स्क्वाड पनि सख्त, आरोपितहरू विरूद्ध कड़ा कारबाहीको सिफारिश

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः कोलकाताको विख्यात जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलामा एन्टी ऱ्यागिङ स्क्वाड पनि सख्त भएको छ। स्क्वाडले विश्वविद्यालयको जाँच समितिको अन्तरिम रिपोर्ट र सिफारिशहरूलाई नै सील मोहर दिँदै मामिलामा कड़ा कारबाही गर्ने सिफारिश गरेको छ। सूत्रहरू अनुसार, बुधवार एन्टी ऱ्यागिङ स्क्वाडको बैठकमा अधिकतर सदस्यहरूले जुनैपनि छात्र ऱ्यागिङको घटनामा सामेल रहेको छ, त्यस विरूद्ध कड़ा कारबाही हुनुपर्छ भनी समर्थन गरे।

बिहिवार एन्टी ऱ्यागिङ स्क्वाडको एक सदस्यले नाम उजागर नगर्ने शर्तमा बताए, विश्वविद्यालयको अन्तरिम जाँच समितिले ऱ्यागिङ र छात्रको मृत्यु मामिलामा सीधा रूपमा जोड़िएका चार छात्रहरूलाई संधैको निम्ति सस्पेन्ड गर्ने सिफारिश गरेको छ। यस बाहेक अन्य ३१ छात्रलाई चिन्हित गरिएको छ, जसले ऱ्यागिङको घटनामा साक्ष्य मेटाउनमा मद्दत गरेका थिए। जाँच समितिले यी सबैलाई कम्तीमा एक वा दुई सेमेस्टरको निम्ति सस्पेन्ड गर्ने सिफारिश पहिलेदेखि गरेको थियो। एन्टी ऱ्यागिङ स्क्वाडका सदस्यहरूले पनि यसमा आफअनो सहमति व्यक्त गरेको छ। विश्वविद्यालय प्रबन्धनलाई यसबारे लिखितमा जानकारी दिइएको छ। छिट्टै नै विश्वविद्यालयले यसमा अन्तिम फसेला गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement