भने : हामी सबैको घर बनाई दिनेछौं
टिस्टा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले आज बाढ पीढीत परिवारहरूलाई भेटे। उनले त्राण शविरमा बसेका मानिसहरूलाई भेटघाट गरे भने मानिसहरूका गुनासो पनि सुनेका छन्। यसावधि अनित थापाले पीडितहरूसँग वचन दिँदै भने, “अहिले स्थिति अलिक साम्य हुनु दिनुहोस्। अहिले तपाईंहरुको निम्ति बस्ने अनि खाने प्रबन्ध गरिदिएका छौं। त्यसपछि तपाईंहरूको घरको व्यवस्था पनि गर्नेछौ।”
उनले अघि भने, ‘अहिलेघरी खानु र बस्नु ठीक होस् केही साम्य भएपछि हामी जमीन हेरेर सबैलाई विस्तारै सार्दै जानेछौं। अहिले हामी खाद्यन्न र लुगाफाटा कमी हुन दिने छैनौं। तपाईहरूका साथमा हामी छौं। हामी सरकारसित कुरा गरेर जमीन मिलाएर सबैको घर बनाई दिनेछौं र सुर्ता नगर्नु हवस हामी सबैको घर बनाईदिनेछौं।’