तृणमूलद्वारा प्रधानमन्त्री, गृहमन्त्री र पञ्चायत मन्त्रीको पुतला दहन

b4c6d876-966c-41ea-a6c4-0d67f91072dd

कालचिनीः सयदिने काम लगायत आवास योजना एवम् मनरेगाको सम्पूर्ण रकम दुई बर्षदेखि केन्द्रको मोदी सरकारले रोकेर राखेको र दिल्लीमा विरोध चलिरहेको विरोध प्रदर्शनलाई विफल बनाउन भाजपा सरकारले प्रयास गर्दै सर्वभारतीय तृणमूल महासचिव अभिषेक ब्यानर्जीलाई पक्राउ गरेको विरोधमा बिहीबार तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट विरोध ऱ्याली साथै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पञ्चायत मन्त्री गिरीराज सिंहको पुतला दहन गरियो। बिहीबार यस क्रममा अपरान्ह समय कालचिनी थाना मैदानबाट तृणमूल समर्थकहरूले एउटा विरोध ऱ्याली शुरु गरेको थियो भने उक्त ऱ्यालीले मोदी लाईन, कालचिनी चौपति हुँदै राङ्गामाटी रोड त्यस पश्चात पुनः कालचिनी चौपतिमा आएर विरोध प्रदर्शन शुरु गरेको थियो।
ऱ्यालीलाई तृणमूल अलिपुरद्वार जिल्ला महासचिव असिम पाख्रिन, तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत, कालचिनी ब्लक युवा सभापति पवन योल्मो, महिला नेतृ चन्द्रा नार्जीनारी र तृणमूल अलिपुरद्वार जिल्ला उपाध्याक्ष विजय साइबोले सम्बोधन गरेको थियो।
केन्द्र विरुद्ध केन्द्रको मोदी सरकार र यहाँका सांसद र विधायकहरूले मनरेगाको काम गरेर कमाएको जनसाधारणको पैसा रोक्ने काम गरेको भन्दै क्रमैले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पञ्चायत मन्त्री गिरिराज सिंहको पुतला बनाएर दहन पनि गरिएको थियो। यस सम्बन्धमा तृणमूलका कालचिनी ब्लक उपाध्याक्ष हैदर अली अन्सारीले केन्द्रको भाजपा सरकारले बङ्गाललाई अवहेलना गर्दै विगत ३ बर्ष भन्दा अधिक समयदेखि मनरेगा कामको रकम नदिएकोले निर्दोष जनसाधारन मर्कामा पर्न गएको र यस विरुद्ध तृणमूल नेतृ ममता ब्यानर्जी र युथ आइकन अभिषेक ब्यानर्जीको नेतृत्वमा दिल्लीमा विरोध प्रदर्शन हुँदा केन्द्र सरकारले युथ आइकन तथा सर्वभारतीय तृणमूल महासचिव अभिषेक ब्यानर्जीलाई पक्राउ गरेको र आन्दोलन विफल बनाउने प्रयास गरेकोले कालचिनी ब्लकको ११ वटा अन्चलबाट सयौँको संख्यामा तृणमूल समर्थक कार्यकर्ताहरूको सहभागितामा यो विरोध प्रदर्शन तथा ऱ्याली निकालिएको र गरीब मार्ने केन्द्रको भाजपा सरकार विरुद्ध तृणमूलको विरोध आन्दोलन जारी रहने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement