मन्किपक्स भाइरसको मामला बारे राज्यहरुलाई केन्द्रको निर्देश  

Monkeypox2

दिल्ली: मन्किपक्स भाइरसको मामलामा केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले सबै राज्य र केन्द्र शासित प्रदेशका अतिरिक्त मुख्य सचिवहरू, प्रमुख सचिवहरू र स्वास्थ्य सचिवहरूलाई केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएका सबै आवश्यक दिशानिर्देशहरू पालना गरिएको सुनिश्चित गर्न लेखेका छन्। यस सम्बन्धमा पर्याप्त कदम चाल्न निर्देशन दिइएको छ। केन्द्रीय स्वास्थ्य सचिवले विश्व स्वास्थ्य संगठनका अनुसार यस वर्ष १ जनवरीदेखि २२ जूनसम्म विश्वका ५० देशमा ३ हजार ४१३ जनामा ​​ मन्किपक्स भाइरसको पुष्टि भएको छ। जसमा एक जनाको मृत्यु भएको छ। धेरै जसो मामलाहरू युरोपेली देशहरूमा फेला परेका छन्। यो भाइरस बिस्तारै विश्वभर फैलिरहेको छ। त्यसैले मन्किपक्स भाइरसको संक्रमणलाई ध्यानमा राखी सचेत रहनुपर्छ र यस रोगविरुद्धको तयारी पूरा हुनुपर्छ।

केन्द्र सरकारले सबै संदिग्धहरूको निगरानी र परीक्षण गर्न र राम्रो निगरानीको प्रणाली हुनुपर्छ भनेको छ। संक्रमित र शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्नेछ। साथै मन्कीपक्स भाइरसबाट संक्रमित बिरामीको लागि राम्रो उपचार प्रणाली हुनुपर्छ। महामारीसँग लड्नका लागि अस्पतालहरूमा पर्याप्त कर्मचारी र श्रोतको प्रबन्ध गरि कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न सकिन्छ। अस्पतालहरूमा मन्किपक्सको भाइरस पहिचान गर्न आवश्यक प्रणाली हुनुपर्छ। उनले देशमा अहिले कोरोना महामारीसँग सम्बन्धित चुनौतीसँग जुधिरहेको दोहोर्‍याए। ‘त्यसैले हामी नागरिक स्वास्थ्य सेवाप्रति सचेत हुनुपर्छ’, उनले भने। केन्द्रले भन्यो कि यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूले केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको दिशानिर्देशअन्तर्गत पर्याप्त र प्रभावकारी कदम चाल्नुपर्दछ, साथै स्वास्थ्य सेवाहरूको लागि राम्रो तयारी राख्नु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement