गेल खोलाको पिडितलाई प्रशासनको अधिकारीहरू सोध्न समेत आएको छैन: वीरेन्द्र रसाइली

Screenshot_20231005_191032_WhatsApp.jpg

दार्जीलिङ: गेल खोलाको पिडितलाई सोध्न समेत नआएको स्थानीय गाउँलेहरूले गुनासो पोखेको छ।प्राकृतिक प्रकोपले सिक्किम समेत बंगालको टिष्टा,रम्फु,गेल खोला आदि क्षेत्रहरूमा धेरै क्षति पूराएको छ तर अझसम्म गेल खोलाको प्राकृतिक प्रकोपको पिडितहरूलाई सोध्न समेत नआएको स्थानीय बासिन्दाहरूले बताएको छ।घटनाको खबर पाउने वितिकै हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव बरिष्ठ अधिवक्ता वीरेन्द्र रसाइलीको नेतृत्वमा हाम्रो पार्टीको टोली गेल खोला पूग्यो। स्थानीय बासिन्दाहरूसंग भेट गरेपछि प्रशासनले जारी गरेर हेल्प लाइन नम्बरमा वीरेन्द्र रसाइलीले सम्पर्क गर्दा सम्बंधित विभागीय अधिकारीले तुरून्त राहत समाग्री आदिको ब्यवस्था गरी दिने वचन दिएको खबर छ।गेल खोला कालेबुङ जिल्ला अन्तर्गत टिष्टा थाना क्षेत्रमा पर्छ।हिज बुधबारको बिहानी पख आएको मुसलधार पानीले सिक्किम लगायत बंगालको कतिपय क्षेत्रहरूमा धेरै क्षति पूराएको छ।टिष्टा,रम्फु आदि क्षेत्रहरूमा प्रशासनले राहत समाग्रीहरूको ब्यवस्था गरी दिएता पनि गेल खोलाको पिडितहरूलाई अझसम्म कुनै राहत नदिएको स्थानीय गाउँलेहरूले बताएका छन।आफुहरूसंग २ बर्षको दुधे मुखे नानी समेत काखमा चेपेर डर सरी रात विताएको स्थानीय गाउँलेहरू बताएका छन।हामी पनि भारत देशकै नागरिक हौ तर हामीमाथि यति ठूलो प्राकृतिक प्रकोप आई पर्दा पनि सरकार र प्रशासनले किन याद गर्दैन?हामी चूनावमा भोट हाल्न मिसिन मात्र हौ??भन्दै प्रश्नमाथि प्रश्न तेर्साएका छन।गेल खोला गाउँमा प्राकृतिक प्रकोपले घर समेत पूरी दिएको छ तर अझसम्म पंचायत समितिदेखि लिएर पुलिस प्रशासन, जिल्ला प्रशासनको एकै जना अधिकारी समेत निरक्षण को निम्ति नआएको स्थानीय गाउँलेहरूले गुनासो पोखेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement