अलिपुरद्वार। मदारीहाट ब्लकको दलदली क्षेत्रमा पर्ने एसियन हाइवेमा एउटा भयावह सड़क दुर्घटनामा एकजना भोटाङे नागरिकको मृत्यु भएको घटना प्रकासमा आएको छ। बिहीबार मदारीहाटको दलदली संलग्न एसियन हाइवेमा हाँसीमारातर्फ गईरहेको एउटा लरी र बीरपाड़ातर्फ आईरहेको एउटा भोटाङे पिक-अप भ्यान एक आपसमा भिड़न्त हुँदा पिक-अप भ्यानमा सवार दुईजना भोटाङे नागरिक (एकजना पुरुष र एकजना महिला) गम्भीर घाईते बनेको थियो भने लरी पनि सड़क किनारी पल्टिएको थियो।

मदारीहाट थानाका पुलिसबलले घटनास्थलमा पुगेर घाईतेहरुलाई बीरपाड़ा अस्पतालमा पुऱ्याएको थियो भने भोटाङे पुरुष नागरिकको उपचाराधीन अवस्थामा मृत्यु भएको थियो। दुर्घटनामा घाईते भोटाङे नागरिक र लरी चालक सुरक्षित रहेको पुलिस सुत्रले जनाएका छन्।