आपदाको मूल्याङ्कन गर्न र निवारण उपायहरूमाथि चर्चा गर्न मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक

n5443256701696511808185db18924377253d28a1b76dca44978298b84e411a44ad63a71798cccfc702139d.jpg

शुक्रवारदेखि छाङ्गु, बाबा मन्दिर र नथुला जान रोक

रम्फू, सिङताम, चुङथाङ र नाम्चीमा राहत सङ्कलन केन्द्र स्थापना गरिने

विज्ञहरू सम्मिलित उच्चस्तरीय प्राविधिक समिति गठन गर्न निर्देश

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बिहिवार मिन्तोकगाङमा आपदाको वर्तमान अवस्थाको मूल्याङ्कन गर्न, निवारण उपायहरूमाथि चर्चा गर्न र सहयोगी कार्यका बारेमा छलफल गर्न उच्चस्तरीय बैठक बस्यो। बैठकमा मुख्य सचिव वीबी पाठक, डीबीपी, एसीएस होम, विभागीय प्रमुखहरू र सम्बन्धित विभागका सचिवहरू उपस्थित थिए।

बैठकमा मुख्य सचिवले सबै प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्स्थापना कार्य गर्न सेना र सम्बन्धित निकायसँग सक्रिय समन्वयमा राज्य सरकारले चालेका कदमबारे जानकारी गराए। उनले सिक्किमको अवस्थाको बारेमा छलफल गर्न गत साँझ क्याबिनेट सचिव र केन्द्र सरकारका सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको राष्ट्रिय संकट व्यवस्थापन समितिको बैठकको परिणामको बारेमा पनि मुख्यमन्त्रीलाई अवगत गराए। बैठकमा गरिएको अनुरोध अनुसार केन्द्र सरकारले सहयोग गर्ने उनले जानकारी दिए।

बैठकमा राज्यको तयारीका सबै पक्षमा विस्तृत छलफल गरिएको छ। सम्बन्धित विभागीय प्रमुखहरू र जिल्लापालहरूले जमिनको अवस्था र आवश्यक सहयोगको बारेमा जानकारी दिए।

बैठकमा मुख्यमन्त्री तामाङले तत्काल पालनाका लागि विशेष निर्देशन जारी गरेका छन्। उनले उद्धार, राहत, पुनर्वास र पुनर्स्थापनाका लागि अधिकारीहरूलाई समन्वयमा काम गर्न र व्यवस्थित संयन्त्र तयार गर्न आग्रह गरे। घटनाको विस्तृत अध्ययन गरी भविष्यका लागि ठोस मार्गचित्र तयार गर्न विषय विज्ञ, वैज्ञानिक, वातावरणविद्, जलविद्युत विशेषज्ञ, अभियन्ता, नागरिक समाजका सदस्य, हिमनदी विज्ञ र बाँध विज्ञ सम्मिलित उच्चस्तरीय प्राविधिक समिति गठन गर्न निर्देश दिए।

यसरी नै उनले अत्यावश्यक वस्तुको भण्डारण विरूद्ध कडा कारबाही गर्न र दोषीहरूको लाइसेन्स स्थायी रूपमा खारेज गर्ने निर्देश दिएका छन्। उनले प्रभावित मानिसहरूको गुनासो लिनका लागि शुरुमा रम्फू, सिङताम र मंगनमा गुनासो केन्द्र स्थापना गर्न, अत्यावश्यक वस्तु बोक्ने मालबाहक सवारी साधनलाई बढी दुरीको क्षतिपूर्ति गर्न अनुदान उपलब्ध गराउने, निर्वाध आवागमन सहज बनाउन जिल्ला समिति गठन गर्ने निर्देश दिए।

यस अतिरिक्त मुख्यमन्त्रीले भोलिदेखि छाङ्गु, बाबा मन्दिर र नथुला जस्ता पर्यटकीय क्षेत्रहरूको निम्ति अनुमति बन्द गर्ने, राहत शिविरमा बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउने, रम्फू, सिङताम, चुङथाङ र नाम्चीमा एक-एक राहत सङ्कलन केन्द्र स्थापना गरिने निर्देश दिएका छन्।

मंगन, गान्तोक, पाकिम र नाम्ची जिल्लामा रहेका सबै सरकारी तथा निजी कलेजहरू भोलिदेखि अर्को सूचनासम्मका लागि बन्द रहनेछन्। अफवाहबाट बच्न प्रत्येक साँझ मुख्य सचिवको कार्यालयबाट प्रेस नोट जारी गरिनेछ बताइएको छ।

आपदाको निम्ति योगदान गर्न चाहनेहरूले मुख्यमन्त्री राहत कोषमा जम्मा गर्न सक्नेछन्।

Account Name: Chief Minister Relief Fund, SISCO Bank

Account Number: 100134029100037

IFSC Code: IBKL0108SIC

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement