सिक्किमपछि अब उत्तर बंगालका केही भाग बाढ़ीद्वारा प्रभावित

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः सिक्किममा आएको बाढ़ीपछि अब उत्तर पश्चिम बंगालका विभिन्न भागहरूमा आएको बाढ़ीले स्थिति अस्तव्यस्त बनाएको छ। यसबाट सबैभन्दा अधिक हिमाली क्षेत्र दार्जीलिङ र कालेबुङ सहित तराई, डुवर्स, जलपाइगढी र अलिपुरद्वारका मैदानी भागहरू प्रभावित भएका छन्। उत्तर बंगालका तीन अन्य जिल्लाहरू अर्थात उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर तथा कुचबिहार जिल्लाको स्थिति गम्भीर रहेको बताइएको छ, किनभने छिमेकी राज्य सिक्किममा अचानक बाढ़ी आएपछि टिस्टा नदीको पानी बाँधहरूलाई भत्काएर आवासीय क्षेत्रहरूमा बगिरहेको छ।

जलपाइगढी जिल्लाको गजलडोबा क्षेत्रमा गए बुधवार राती तीन शव उद्धार गरिएको थियो। यी शवहरू स्थानीय मानिसहरूको हो कि छिमेकबाट बगाएर ल्याएको हो त्यस बारे प्रशासनले स्पष्ट रूपमा केही बताएको छैन। गजलडोबामा बाढ़ीको स्थिति झन् चिन्तानजक छ। यहाँ भारी मात्रामा पानी छोड़्नको लागि ब्यारेजको ताला खोल्नुपऱ्यो। बाढ़ीले सड़कलाई पूर्णरूपले क्षतिग्रस्त बनाएको कारणले उत्तर बंगालका हिमाली जिल्लाहरू दार्जीलिङ, कालेबुङको देशका अन्य भागसित सम्पर्क नै विच्छिन्न भएको छ। बचाउ एवं राहत दलले अहिलेसम्ममा यी क्षेत्रहरूबाट पाँच हजारभन्दा अधिक मानिसहरूलाई बचाइसकेको छ।

बिहीवार बिहान पश्चिम बंगालका राज्यपाल सी.वी. आनन्द बोस बाढ़ीको स्थितिको समीक्षा गर्नका लागि उत्तर बंगाल आइपुगेका छन्। राज्य बाहिरको आफ्ना कार्यक्रमहरूलाई छोट्याएर उनी बिहान बागडोगरा हवाईअड्डा आइपुगे अनि यहाँबाट उनी सोझै बाढ़ी प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गर्न गए। मुख्यमन्त्री ममता ब्यनर्जीको निर्देशमा राज्यका मन्त्री पार्थ भौमिक र नौकरशाहहरूको एक दल उत्तर बंगालमै बसेका छन् जसले स्थितिको जायजा लिरहेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement