शिखर धवनको  आयशासँग सम्बन्ध विच्छेद!

Shikhar-Aayasaa

नयाँ दिल्ली: दिल्लीको पारिवारिक अदालतले बुधबार क्रिकेटर शिखर धवनलाई उनकी पत्नी आयशा मुखर्जीसँग सम्बन्ध विच्छेद गर्न अनुमति दिएको छ। अदालतले निवेदक (शिखर धवन) क्रूरताको आधारमा सम्बन्धविच्छेदको हकदार भएको ठहर गरेको समाचार छ। उनीहरुको ११ वर्ष पुरानो वैवाहिक सम्बन्धलाई तोड्दै अदालतले भन्यो, यसमा कुनै विवाद छैनl दुवै पक्ष आपसी सहमतिद्वारा पारपाचुकेको लागि सहमत भएका थिए, र उनीहरूको वैवाहिक सम्बन्ध निक्कै अघि समाप्त भइसकेको छ, अनि उनीहरू 8 अगस्त २०२० देखि पति-पत्नीको रूपमा छैनन्l’ पारिवारिक अदालतले पारपाचुकेको निवेदनमा शिखर धवनको आरोपलाई आयशाले विरोध नगरेको वा आफ्नो पक्ष राख्न असफल भएको आधारमा अनुमति दियो। न्यायाधीश हरिश कुमारले स्वीकार गरे कि आयशाले शिखर धवनलाई छोराबाट एक वर्ष टाढा राखेर मानसिक यातना दिन बाध्य पारेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement