सोरेङ: दिउँसो लगभग ३:४० बजी २३ वर्षीय उदय दर्जीको हत्या भएको छ। घटना पश्चिम सिक्किमको लेगसेप बजारमाथि भएको हो। सुरज छेत्री नामक व्यक्तिले उनको घाँटी काटेर जघन्य हत्या गरेको आरोप छ। मृतक र आरोपित दुवै लेगसेप थाना अन्तर्गत बासिन्दा हुन्। आरोपित छेत्रीले हत्या गरेपछि लेगसेप थानामा आत्मसमर्पण गरेको पनि थाहा लागेको छ। दुवैबीच हिजो केही कुरामा भनावैरी भएको बताइएको छ। यसै विषयलाई लिएर आरोपित छेत्रीले आज दिउँसो उनको हत्या गरेको बताइएको छ।
पीडितलाई तत्काल गेजिङ जिल्ला अस्पताल लगिएको थियो, तर उनलाई डाक्टरहरूले मृतक घोषित गरिदिए। यसरी भनाभन हुँदामै हत्या जस्तो जघन्य अपराध गरिएको काण्डले समाज कतातिर जाँदैछ भन्ने ठूलो प्रश्न उठेको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर छानबिन गरिरहेको छ।