टिस्टा: राहत शिविरमा आश्रय लिएर बसेका पीडित परिवारका मानिसहरूलाई सहयोग पुऱ्याउने उद्देश्य लिएर आज बिहान हाम्रो पार्टीका नेतृत्वहरू पनि राहत सामाग्रीहरू लिएर शिविरमा पुगेका थिए।

हाम्रो पार्टीका नेता तथा तकदाह-ग्लेनबोन क्षेत्रका सभासद सन्नी बम्जन लगायत टिस्टा समष्टिको पार्टीका नेतृत्वहरूले टिस्टास्थित प्रभावित क्षेत्रमा आज बिहान खाना पकाउने ग्यास, कम्बल, सुत्ने गद्दा, चप्पल, छाता, गम्बुट लगायत खाद्य सामाग्रीहरु वितरण गरे।