रियलमीले लन्च गर्यो सुपर भीओओसी चार्जिङका साथ रियलमी नार्जो

realme-narzo-60x-5G_Stellar-Green-Nebula-Purple-2-1

नयाँ दिल्ली: रियलमी भारतको स्मार्टफोन सेवा प्रदायकले आफ्नो स्मार्टफोन र एलोटी पोर्टफोलियोमा रियलमी नार्जो ६०X ५जी र रियलमी बड्स टी३०० प्रस्तुत गरेको एक प्रेस विज्ञप्तिमा जारी गरेर बताएको छ। यी दुवै रियलमीको नवप्रवर्तनको विरासत अनुरूप यसको प्रयोगकर्ताहरूलाई बेजोड अनुभव प्रदान गर्न निर्माण गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिका अनुसार रियलमी नार्जो ६०X ५जी ५जी स्पीडको साथ भारतीय युवाहरूको माग र चाहना पूरा गर्न र नेक्स्ट-जेन टेक्नोलोजीको क्षेत्रमा आफ्नो नेतृत्वको स्थितिलाई बलियो बनाउन प्रस्तुत गरिएको छ। जबकि रियलमी बड्स टी३०० ले प्रयोगकर्ताहरूलाई यसको अत्याधुनिक डिजाइन र उत्कृष्ट ध्वनि गुणस्तरको साथ उत्कृष्ट अडियो अनुभव दिने विज्ञप्तिमा बताएको छ।

यसबारेमा रियलमी प्रवक्ताले भने, ;रियलमीमा, हामी हाम्रा सीमाहरूलाई जोड्न र हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्न प्रतिबद्ध छौं। हाम्रो ‘डेयर टु ल्याप’को भावना अनुरूप, हामीले दुईवटा रोमाञ्चक उत्पादनहरू ल्याएका छौंl रियलमी नार्जो ६०X ५जी र रियलमी बड्स टी३००, जुन हाम्रो उद्देश्य अनुरूप छन्l’ ‘रियलमी नार्जो श्रृंखला ग्राहकहरु माझ हिट भएको छ, र भारतमा १४ मिलियन प्रयोगकर्ताहरु स्मार्टफोनको यो श्रृंखलाको उपयोग गर्दछ। यो शृङ्खलाले आफ्ना स्मार्टफोनहरूलाई अत्याधुनिक प्रविधि र नवीन डिजाइनहरू प्रदान गर्न जारी राख्छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो व्यक्तित्व व्यक्त गर्दै प्रविधिको अगाडि रहन सक्षम बनाउँछ’, उनले भने।

अर्को ५जी स्पीड फ्रन्टियर, रियलमी नार्जो ६०X ५जी मा उत्कृष्ट क्यामेरा, छिटो चार्जिङ, शक्तिशाली ब्याट्री, स्लीक डिजाइन, स्लिम फारम फ्याक्टर, शक्तिशाली ५जी चिपसेट, मल्टिटास्किङका लागि पर्याप्त र्याम र विशाल भण्डारण क्षमता रहेको विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिका अनुसार, ‘यसमा ५० मेगापिक्सेलको एआई क्यामेरा छ, जसको मद्दतले प्रयोगकर्ताले आफ्नो रचनात्मकतालाई पूर्ण रूपमा अभिव्यक्त गर्न सक्छन्। ३३डब्ल्यु सुपर भीओओसी चार्जिङ समाधानको साथ शक्तिशाली ५०००एमएच ब्याट्रीद्वारा संचालित, स्मार्टफोन मात्र २८ मिनेटमा ५०% सम्म चार्ज हुन्छ। रियलमी नार्जो ६०X ५जी सँग छिटो डाटा गति र सहज अनलाइन अनुभवको लागि मिडिया टेक डाइमेन्सिटि ६१००+ ५जी चिपसेट छ। यो स्मार्टफोन ६ जीबी र्याम र १२८ जीबी भण्डारणको साथ ६ जीबी सम्मको अतिरिक्त डायनामिक र्याम विकल्पको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई एकैसाथ धेरै एपहरू चलाएर र विभिन्न कार्यहरू बीच स्विच गरेर सजिलैसँग मल्टिटास्क गर्न अनुमति दिन्छ। ७.८९ एमएम अल्ट्रा स्लिम बडी भएको इन्टरस्टेलरएक्स डिजाइनले यसलाई अलग बनाउँछ, र यसलाई पकेटमा राख्न र बोक्न निकै सहज छ। रियलमी नार्जो ६०X ५जी दुई आकर्षक रंगहरूमा उपलब्ध छ- स्टेलर ग्रीन र नेबुला पर्पल र दुई भण्डारण भेरियन्टहरू, जसको मूल्य रु १२,९९९ (४जीबी+१२८जीबी) र रु १४,९९९ (६जीबी+१२८जीबी) रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *