राज्यपाललाई देखायो कालो झण्डा

IMG-20231005-WA0156.jpg

सिलगढ़ी। सिलगढ़ी गेस्ट हाउसतर्फ जाने क्रममा आज राज्यपाललाई तृणमूल कार्यकर्ताहरुले गो ब्याकको नारा लगाउँदै कालो झण्डा देखाए। उल्लेखनीय छ, जलपाईगढ़ीको बाढ़ प्रभावित क्षेत्रको निरीक्षण गर्न राज्यपाल डा. सीभी आनन्द बोस बिहीबार उत्तरबंगाल आईपुगेका छन्। राज्यपाल दिल्लबीट बागडोगरा झरेपछि सड़कमार्ग भएर कालीझोड़ा क्षेत्रमा पुगेका थिए भने त्यहाँबाट जलपाईगढ़ीको रंगधमाली क्षेत्रमा पुगेर बाढ़ पीड़ितहरुसित भेटेका थिए।

सिलगढ़ी गेस्टहाउस फर्कने क्रममा तृणमूल कंग्रेस टाउन १ नम्बर कमिटीका सदस्यहरुले राज्यपाललाई कालो झण्डा देखाउँदै गोब्याकको नारा लगाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement