सांसद जोन बारलालाई चर्चमा सम्वर्द्धना

IMG-20220714-WA0147.jpg

कालचिनी: अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारलालाई आज दलसिंहपाड़ा रणबहादुर बस्ती स्थित एउटा चर्चमा डुवर्स क्रिस्चियन समाजद्वारा अभिनन्दन गरिएको थियो।
आज उक्त अवसरमा सांसद तथा केन्द्रिय मन्त्री जोन बारलासित भाजपा ७ नम्बर मण्डल सभापति राजेश छेत्री लगायत जिल्ला नेता कृपाशंकर जयसवाल, महेश लामा आदि नेताहरुको उपस्थिति रहेको थियो भने डुवर्स क्रिस्चियन समाजद्वारा सांसद तथा केन्द्रिय मन्त्री जोन बारलालाई सम्वर्द्धना साथै एउटा ज्ञापन पनि सुम्पिएको थियो।

About Author

Advertisement