बाख्रा विरुद्ध उजुरी गर्न किसान पुगे थानामा

Goats-copy

कानपुर: उत्तर प्रदेशको कानपुरबाट उदेकको अनौठो घटना अघि आएको छ। दुईवटा  बाख्राविरुद्ध उजुरी दिन एक किसान पुलिस चौकी पुगे। किसानको कुरा सुनेर पुलिस छक्क परे। किसानले आफ्नो खेती नष्ट गरेको उजुरीमा न्याय चाहेको बताए। उसले भन्यो, ‘सर यी बाख्राले मेरो बीस हजार रुपियाँ नोक्सान गरेको छ। यी बाख्राले मेरो गाँउको फूलको बाली खाइसकेका छन्, तपाई आफैले यसको न्याय गर्नुपर्छl’ किसानले आफ्नो बाली नष्ट भएको देखेपछि बाख्रामाथि निकै रिस उठेको बतायो। यसपछि उनले बाख्राहरू समातेर अटोमा चढाएर पाँच किलोमिटर टाढा रहेको साध पुलिस चौकीमा लगे। किसानको कुरा सुनेपछि पुलिस यस अनौठो केसमा के गर्ने भन्नेबारेमा अन्योलमा परे। किसानलाई कसरी न्याय दिन सकिन्छ? किसान आफ्नो कुरामा अडिग रहे र अन्ततः पुलिसले ती बाख्राको मालिकलाई बोलायो। पछि पुलिसले बाख्रा मालिकलाई निर्देशन दिएपछि मामिला शान्त भयो। त्यसपछि बाख्राहरू मालिकलाई हस्तान्तरण गरियो। शैलेन्द्र निषाद रिन्द नदीको किनारमा रहेको गौरीक्करा गाउँमा ठूलो संख्यामा फूलको खेती गर्छन्। अब फूल फुल्न थालेपछि बाख्राले बिगारिदिए। गाउँका धेरैले बाख्रा चराउनको सट्टा छाडेर जाने शैलेन्द्रले बताए। जसले नष्ट हुने उनले बताए। उनले भने, ‘यसबारे मैले बाख्राका  मालिकहरूलाई धेरै पटक गुनासो गरेँ तर मानेनन्। यस्तो अवस्थामा हाम्रो हानिको क्षतिपूर्ति कसले दिने?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement