सिङताम। भारतीय सेनाले २२ जना बेपत्ता सैनिकको खोजी तथा उद्धार कार्य जारी राखेको छ। यसैबीच, त्रिशक्ति कोरका सेनाले उत्तर सिक्किमको चुङ्थाङ, लाचुङ र लाचेन क्षेत्रमा अलपत्र परेका नागरिक र पर्यटकहरूलाई चिकित्सा सहायता र टेलिफोन जड़ान उपलब्ध गराउँदै आएका छन् भने २२ बेपत्ता सैनिकहरूलाई खोज्न भारतीय सेनाको त्रिशक्ति कोरको टोलीले खोजी र उद्धार कार्य जारी राखेको छ।

उद्धार कार्य जारी छ। सिङताम नजिकैको बुरडाङमा माटोमा डुबेका सवारीसाधनको उद्धारको प्रयास जारी छ। बेपत्ताहरुको खोजी अहिले टिस्टा नदीको तल्लो भागमा केन्द्रित भएको छ। बेपत्ता भएका प्रारम्भिक २३ जनामध्ये एकजनालाई ४ अक्टोबरको साँझ जीवितै फेला पारेका थिए। बेपत्ता भएका परिवारलाई सम्पर्क गरी अवस्थाबारे जानकारी गराइएको छ।

सिक्किम र उत्तर बंगालमा तैनाथ अन्य सबै भारतीय सेनाका कर्मचारीहरू सुरक्षित छन् र मोबाइल सञ्चारमा अवरोधका कारण आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असमर्थ छन्।