दार्जीलिङ: लगातार रूपमा परेको पानीको कारण टिस्टा नदीकाे जलस्तर बढेको कारण भयावहपूर्ण स्थितिलाई मध्नजर राख्दै घरवार विहिन बन्न पुगेका स्थानीय हरुलाई राहत उपलब्ध गराइने उदेश्य लिएर आज स्थानीय तहमा एक आपदा प्रबंधन कमिटीकाे गठन गरिएको छ। साथै स्थानीय जो घरहरू आपतजनक स्थितिमा रहेका परिवारहरूलाई स्थान्तरण गर्न भवनहरूकाे चयन गरिएको साथै उक्त परिवारहरूको निम्ति खानपानको ब्यवस्था गरिएको जानकारी स्थानीय सभासद मणिकुमार राईले गराएका छन्।