दार्जीलिङ: टिस्टा नदीमा बाढ आएर जीटीए क्षेत्रमा पनि धेरै क्षति भएको खबर पाएपछि आफु सोझै फर्किएको बताए जीटीए चिफ अनित थापाले। टिस्टाको चपेटमा परेर धेरै परिवारको घरहरु उजाडिएको छ।बाढ पिडितको निम्ति बिहान देखि नै मैदानमा राहात अनि सहयोग पुर्याउनलाई खटिरहेका छन्।
जीटीए चिफ आफु कोलकाता चिया श्रमिकहरुको समस्या समाधान गर्नु आएको थिए। हिजो राज्यका मुख्य सचिवसँग उनको बैठक पनि भयो। आगामी ५ तारिकको दिन चिया बगानको समस्या माथि बैठक डाकिएको छ। तर जीटीए क्षेत्रमा यत्रो विपद् आइपर्दा आफु स्वयं मैदानमा उभिन आइपुगेको पनि थप बताए।