कालचिनी: राजाभातखावा डिपोपाड़ा निवासी एकजना नवविवाहित महिलाले गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार गत एक महीना अघि मात्र राजाभातखावा डिपोपाड़ा आफ्नो बड़ाबाबु र बड़ीआमासित बस्दै आईरहेकी विनीता लोहोरा उमेर अनुमानिक १८ बर्षीय युवतीले त्यसै गाउँको सुजन मालपहाड़ी नामक युवकसित भागेर घर बसाएकी थिईन।
तर बुधबार पति र सासु आमा कोही घरमा नहुँदा विनीता लोहोराले घरमा पासो लगाई आत्महत्या गरेकी चाल पाए्पछि घरको परिवार सदस्यहरुले उद्धार गरेर अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको थियो। घटनाको जानकारी कालचिनी थानामा पुगेपछि शवलाई पुलिसले उद्धार गरेर आज पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको थियो। प्राथमिक जाँचमा यो आत्महत्याको मामिला प्रतीत भएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जाँच पुरा हुने कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन। विनीता लोहोराले किन आत्महत्या गरे सो बारे पति सुजन मालपहाड़ी र सासु आमा र यता बडा़बाबु बड़ीआमा कसैले केही बताउन असमर्थता व्यक्त गरेका छन।