आईसीसी क्रिकेट विश्वकप २०२३ अक्टोबर ५ बिहीबारबाट सुरु

Trophy.jpg

आईसीसी क्रिकेट विश्वकप २०२३ अक्टोबर ५ बिहीबारबाट सुरु हुँदैछ। उद्घाटन खेलमा २०१९ विश्वकपको उपविजेता न्युजिल्यान्डले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको सामना गर्नेछ। पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले अक्टोबर ८ बाट आफ्नो अभियान सुरु गर्नेछ। अष्ट्रेलियाको पहिलो खेल भारतसँग हुनेछ। अष्ट्रेलिया यस पटक पनि विश्व च्याम्पियन बन्ने प्रबल दावेदार हो। प्याट कमिन्सको कप्तानीमा रहेको अष्ट्रेलियाको टोली एक महिनाभन्दा बढी समयदेखि भारतमा रहेको छ। साथै, टोलीका धेरै खेलाडीहरूले आईपीएल खेलेका छन्, त्यसैले अष्ट्रेलियाका अधिकांश खेलाडीहरू भारतीय अवस्थासँग परिचित छन्। अष्ट्रेलिया अनुभवी खेलाडीले सजिएको छ अस्ट्रेलियाको टोलीमा स्टिभ स्मिथ र डेभिड वार्नर जस्ता अनुभवी खेलाडी पनि छन् जसले आफ्नो करियरको तेस्रो विश्वकप खेल्नेछन् । यसअघि स्मिथ र वार्नर दुवै सन् २०१५ र २०१९ को विश्वकपमा पनि टोलीमा थिए। त्यस्तै, मिचेल स्टार्कले २ विश्वकप खेलेपछि तेस्रो विश्वकप पनि खेल्नेछन्। मिचेल स्टार्क सन् २०१५ र २०१९ विश्वकपमा सर्वाधिक विकेट लिने बलर थिए। सन् २०१५ मा उनले प्रतियोगिताको ८ खेलमा २२ विकेट लिएका थिए भने २०१९ मा १० खेलमा २७ विकेट लिएका थिए। अष्ट्रेलियाको पूर्ण विश्वकप टोली प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मार्नस लाबुसचेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement